site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकताका लागि जसपा र नेपाली कम्युनिस्ट पार्टीबीच आज पनि बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एकताका लागि नेपाली कम्युनिस्ट पार्टीसँग छलफल तीव्र बनाएको छ । एकताको विषय टुंगो लगाउन बुधबार (मंसिर ३) वार्ता समितिको बैठक बस्दै छ ।

जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बाह्रखरीसित भने, “हामी आज दोस्रो वार्ताका लागि बस्दै छौँ । सम्भवतः आजको वार्ताले केही निष्कर्ष दिनेछ ।”

जसपाको वार्ता समिति संयोजक रहेका श्रेष्ठले वार्तामा सारिएका एजेन्डामा सकारात्मक संकेत आए जसपा नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि तयार हुने बताए ।

उनले भने, “नेतृत्व, सांगठनिक संरचनालगायत विषयमा क्लियर भयो भने हामी पनि त्यही अनुसार तयारी गर्नेछौँ ।”

नेपाली कम्युनिस्ट पार्टीले जनता समाजवादी पार्टीसँग एकताका लागि निरन्तर छलफल अघि बढाएको छ । दुवै तर्फको वार्ता समितिको बैठक पेरिसडाँडामा बेलुका ४ बजे बस्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्