site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विष्णु पौडेलले भने– संसद् पुनर्स्थापनाले मात्रै प्रतिगमन सच्चिन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई प्रतिगमनबाट बचाउने र सच्याउने एकमात्र उपाय प्रतिनिधिसभा पुनर्स्थापना भएको बताएका छन् ।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकमा उपाध्यक्ष पौडेलले संसद् विघटन र सदनभन्दा बाहिरबाट सरकार गठन गरिनु प्रतिगमनको स्पष्ट सूचक भएको दाबी गरे ।

"भदौ २३ र २४ को घटना देखाएर मुलुकलाई प्रतिगमनमा धकेलिएको छ," पौडेलले भने, "अहिलेको मुख्य आवश्यकता भनेकै प्रतिनिधिसभाको पुनर्स्थापना हो ।"

उनले वर्तमान सरकार एमाले र यसको नेतृत्वलाई घेराबन्दी गर्न लागिपरेको आरोपसमेत लगाए । सरकार एमाले नेतृत्व र अध्यक्षमाथि प्रहार गर्न उद्यत रहेको भन्दै उनले यसको सामना गर्न पार्टी पंक्ति एकढिक्का भएर उभिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्