site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा पुनर्स्थापना हुनु अपरिहार्य छ : शंकर पोखरेल

ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनु अपरिहार्य रहेको बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा पोखरेलले पार्टीको सो अडान राखेका हुन् । संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको उनको भनाइ छ ।

यस्तो छ पोखरेलको भनाइ :

असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । जुन प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतका पटक-पटकका भर्डिकको हिसाबले भन्ने हो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरूका हिसाबले पनि पुनर्स्थापना अपरिहार्य छ । र, पुनर्स्थापनाबाट नै लोकतन्त्रलाई सही दिशातर्फ अगाडि बढाउन सकिन्छ भन्ने पार्टीको मत र मान्यता रहेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्