राजनीति
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंको माइतीघरमा ‘नयाँ सामाजिक व्यवस्था र नयाँ संविधान’को मागसहित प्रदर्शन गरेको छ । शनिबार (कात्तिक २९) दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीले ‘जेनजी विद्रोहको मर्म र भावनाको आत्मसात् गरौँ’, ‘आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाइमा लगौँ’, ‘विद्रोहलाई क्रान्तिमा रूपान्तरण गरौँ’, ‘भ्रष्टचारीलाई कारबाही गर’, ‘साम्राज्यवादका सबै रूपहरूसँग संघर्ष गरौँ’, ‘राष्ट्रिय स्वाधीनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ’, ‘वैदेशिक दलालहरू होसियार’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ १५:११
प्रतिक्रिया दिनुहोस्