site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बीबीसीविरुद्ध पाँच अर्ब डलर क्षतिपूर्ति दाबीसहित मुद्दा दयार गर्दै ट्रम्प !

काठमाडौं । समाचार संस्था बीबीसीले भाषण सम्पादन विवादमा माफी मागेपछि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुनी उपचार खोज्ने बताएका छन् ।

शुक्रबार साँझ एयर फोर्स वनमा रहेका पत्रकारहरूसँग ट्रम्पले भने, “आगामी हप्ता हामी उनीहरूमाथि एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गर्नेछौँ ।”

उनले यो मुद्दामा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसँग छलफल गर्ने बताएका छन् ।

शुक्रबार बीबीसीले वक्तव्य जारी गर्दै सन् २०२१ जनवरी ६ को भाषणको सम्पादन बाट ‘राष्ट्रपति ट्रम्पले सीधै हिंसात्मक कारबाहीको लागि आह्वान गरेको भन्ने गलत र भ्रामक भिडियोको सम्पादित अंश प्रयोग गरेको स्वीकार गरेको थियो । यस विषयमा बीबीसीले माफी मागे पनि संस्थाले कुनै पनि प्रकारको वित्तीय क्षतिपूर्ति नदिने पनि स्पष्ट पारेको थियो ।

यो हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले बीबीसीलाई चेतावनी दिँदै बीबीसीले आफ्नो बयान फिर्ता नलिए र माफी नमागे क्षतिपूर्तिका लागि संस्थामाथि एक अर्ब डलरको क्षतिपूर्ति मुद्दा दायर गर्ने बताएका थिए ।

यो विवादका कारण गत हप्ता आइतबार बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका थिए । बीबीसी

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्