site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घनश्याम भुसालको नयाँ पार्टीको नाम 'नेकपा (वामपन्थी केन्द्र)' !
फाइल तस्बिर ।

काठमाडौं । घनश्याम भुसालनिकट नेताहरूले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 'नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)' नाम राखिएको दलको दर्ता निवेदन कात्तिक २३ गते नै आयोगमा परेको खुलेको छ ।

आयोगमा बुझाइएको निवेदनमा पार्टीको नेतृत्व राजकुमार कक्षपतिले गर्ने उल्लेख छ ।

स्रोतका अनुसार, यो दल दर्ता प्रक्रियाको संयोजन घनश्याम भुसालनिकट विजय पौडेलले गरेका हुन् ।

यद्यपि, आयोगमा पेस गरिएको केन्द्रीय समितिको सूचीमा पौडेल र नेता भुसालको नाम समावेश छैन ।

दल दर्ता प्रक्रियामा संलग्न एक नेताले निवेदन दिइसकेको र यसबारे दुई दिनपछि औपचारिकरूपमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्