सियोल । दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् । जसमा अमेरिकी आणविक–सञ्चालित विमानबाहक समावेश रहेको तथा अभ्यास दुई देशको संयुक्त सुरक्षा संयन्त्र बलियो बनाउने उद्देश्यले गरिएको दक्षिण कोरियाको सेनाले शुक्रबार बताएको छ ।
योन्हाप समाचार एजेन्सीका अनुसार मंगलबारदेखि शुक्रबारसम्म सञ्चालित चार दिने यो अभ्यासमा दुवै देशबाट एक दर्जनभन्दा बढी लडाकु र समुद्री गस्ती विमानहरू परिचालन गरिएको थियो ।
यसै गरी दक्षिण कोरियातर्फका दुई वटा सुसज्जित लडाकु विमानहरू समावेश थिए ।
अमेरिकी पक्षबाट, यूएसएस जर्ज वासिङ्टन विमानबाहकले यूएसएस रोबर्ट स्मल्स निर्देशित मिसाइल क्रुजर र यूएसएस मिलियस र युएसएस शुप एजिसले सुसज्जित विमानहरू समावेश थिए ।
प्रशिक्षण उत्तर कोरियाविरुद्ध प्रतिरोधलाई बलियो बनाउनका साथै दक्षिण कोरिया–अमेरिका गठबन्धन र दक्षिण कोरिया–अमेरिकी नौसेनाको अन्तरक्रियालाई सुदृढ बनाउनु भएको दक्षिण कोरियाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।
अभ्यासको क्रममा, सहभागी सेनाहरूले एन्टि–सबमरीन वारफेयर, एयर डिफेन्स अपरेसन, र समुद्री रसदसहितका समुद्री अभ्यासहरू सञ्चालन गरेको सेनाले बताएको छ । रासस/क्यूएनए