site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश बनाउने हुटहुटी हुनुपर्छ, हावादारी भए हुँदैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले समस्या राजनीतिमा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा उनले भने, “राजनीतिमा अपराधीकरण, व्यापारिकरण, भ्रष्टीकरण, दलालीकरण, ठेकदारीकरणको समस्या छ, यो सुधार्ने कुरा नै राजनीतिको पहिलो कर्तव्य बन्दछ ।”

देश बनाउने हुटहुटी हुनुपर्ने भन्दै उनले सोच, इमानदारिता र नवीन चिन्तन आवश्यक रहेको बताए । “त्यो चिन्ता हुनुपर्छ हामी सबैमा, त्यसका लागि सोच, चिन्तन, धारणा र संकल्प लिएर अगाडि बढ्नुपर्छ,” उनले भने ।

हावादारी र निजी चाहनामुखी भएर नहुने भन्दै उनले गहिरो अध्ययनशील हुनुपर्ने उल्लेख गरे ।

उनले संयोजक र सहसंयोजकबीच विभिन्न विषयमा कुरा भइसकेको पनि बताए । दल दर्ताको प्रमाणपत्र पाउनासाथ सबै प्रदेशमा पार्टी घोषणाको सन्देश पुर्‍याउने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्