कला
काठमाडौं । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जारी–२’को ‘डाइरेक्टर्स कट’ आजबाट प्रदर्शनमा आएको छ । ‘डाइरेक्टर्स कट’ सोमबार सेन्सर समेत भइसकेको छ ।
‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । ‘डाइरेक्टर्स कट’मा निर्देशकले आफूलाई मन लागेको केही सिन थपेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बालगायतको अभिनय छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ ०८:०९
प्रतिक्रिया दिनुहोस्