site stats
बाह्रखरी :: Baahrakhari
कला
१४ मिनेट थपिएको ‘जारी–२’को ‘डाइरेक्टर्स कट’ तयार, आजदेखि दर्शकले  ‘डाइरेक्टर्स कट’ हेर्न पाउने

काठमाडौं । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जारी–२’को ‘डाइरेक्टर्स कट’ आजबाट प्रदर्शनमा आएको छ । ‘डाइरेक्टर्स कट’ सोमबार सेन्सर समेत भइसकेको छ । 

‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । ‘डाइरेक्टर्स कट’मा निर्देशकले आफूलाई मन लागेको केही सिन थपेका हुन् । 

सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बालगायतको अभिनय छ ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्