site stats
बाह्रखरी :: Baahrakhari
कला
१५ जना कलाकार, निर्माता र प्राविधिकलाई बोर्डको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माता र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । 

संविधान दिवस २०८२ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 

बोर्डका अध्यक्ष दिनेश डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा गरेको बताए । 

कार्यक्रममा सम्मानित व्यक्तिलाई २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ । 

सम्मानित व्यक्तिहरू:
१, शिव श्रेष्ठ (कलाकार)
२, सबिता गुरुङ (कलाकार)
३, तीर्थ थापा (निर्देशक)
४, यसकुमार (संगीतकार/गायक/निर्देशक)
५, ध्रुव लम्साल (चलचित्र पत्रकार)
६, रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)
७, सम्झना रौनियार (निर्देशक)
८, युवराज लामा (निर्माता/निर्देशक)
९, हेमन्त बुढाथोकी (कलाकार)
१०, किशन पोखरेल (निर्माता)
११, स्व. केशव भट्टराई (कलाकार/मरणोपरान्त)
१२, नाजिर हुसेन (कलाकार)
१३, रिमेश अधिकारी (निर्देशक)
१४, रेनीश फागो (रंग संयोजक/प्राविधिक)
१५, अन्जु पन्त (गायिका)

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्