site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कृषि तथा सहकारी समितिको हलमा राष्ट्रियसभाको बैठक राख्ने तयारी

काठमाडौं । राष्ट्रियसभाको बैठक संसदको कृषि तथा सहकारी समितिको हलमा राख्ने तयारी गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रियसभाको बैठकका लागि कृषि समितिको हललाई ३० लाख खर्च गरी बनाइने जानकारी दिए । उनका अनुसार ३० लाखको इस्टमेटमा काम सुरु भएको छ ।

"मंसिरको पहिलो हप्ता वा १५ भित्र बैठक बोलाउन उपयुक्त हुन्छ भनेको छु । प्रधानमन्त्रीले- हुन्छ, सल्लाह गर्छौं भन्नुभएको छ," दाहालले आइतबार (कात्तिक २३) विधायन व्यवस्थापन समितिको बैठकमा भने ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले १५ दिनमा शहरी विकास मन्त्रालयले हल तयार गरी हस्तान्तरण गर्ने जानकारी दिए । "शहरी विकास मन्त्रालयले १५ दिनमा हल तयार गरी हस्तान्तरण गर्ने जानकारी गराएको छ," उनले भने ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्