site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌का पदाधिकारीको सुविधा घटाउने निर्णयमा पुनर्विचार गर्न दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरू घटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिँदै अतिआवश्यक सुविधामा पुनर्विचार गर्नुपर्ने उनले बताए ।

सरकारको कामकारबाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न उनले आग्रह गरे ।

राष्ट्रियसभाअन्तर्गतको समितिहरूले मन्त्रीलाई बोलाउँदा उपस्थित हुने वातावरण बनाउन समेत उनले निर्देशन दिए । उनले राष्ट्रियसभाको दुई वर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्