site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रिमियरमा ‘जारी–२’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । चलचित्र ‘जारी–२’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिहीबार भएको प्रिमियरमा पुगेका अधिकांशले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका हुन् ।  

उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमाले लिम्बू संस्कृतिलाई देखाउने प्रयास गरेको भन्दै तारिफ पाएको हो । चलचित्रले तत्कालीन सरकार–माओवादी जनयुद्धलाई पनि चित्रण गरेको छ । 

‘जारी–२’ हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कँडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपीन कार्की, अभिनेत्री अरुणा कार्की, पूजा चन्द, केकी अधिकारीलगायत पुगेका थिए । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर पनि प्रिमियरमा पुगेकी थिइन् । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका रहेको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने निर्माणपक्षको अपेक्षा छ । 
 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्