site stats
बाह्रखरी :: Baahrakhari
कला
फ्राइडे रिलिजमा ‘जारी–२’ र ‘मन बिनाको धन’

काठमाडौं । दुईवटा नेपाली चलचित्र आज एकसाथ रिलिज भएका छन् । फ्राइडे रिलिजमा ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी–२’मा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका रहेको छ । 

चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखुलगायतको अभिनय छ । यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

बिहीबार भएको प्रिमियरमा ‘जारी–२’ले राम्रो प्रतिक्रिया पाएको छ । संस्कृति र तत्कालीन सरकार माओवादी द्वन्द्वको जीवन्त चित्रण रहेको बताएका छन् । 

‘मन बिनाको धन’लाई टंक बुढाथोकीले निर्देशन गरेका छन् । यो चलचित्रमा अशोक दर्जीको मुख्य भूमिका रहेको छ ।

‘मन बिनाको धन’लाई टंक बुढाथोकी आफैँले लेखेका हुन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्