site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ । बैठक चितवनको सौराहामा शुक्रबार (कात्तिक २१)देखि सुरु हुने छ ।

बिहीबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ । पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताए ।

उनका अनुसार, बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।  

बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्