काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश गृहयुद्धतर्फ उन्मुख रहेको बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा नेता केसीले कांग्रेसले नेतृत्व नगरे देश संकटमा जाने बताएका हुन् ।
उनले ५०० र एक हजारका नोटबन्दी गर्न तथा भ्रष्टाचारका काण्ड सबैको छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । कांग्रेसले नै सबै शक्तिलाई समेटेर गोलमेच सम्मेलन आयोजना गरी संविधान संशोधनको खाका बनाउनुपर्ने उनको भनाइ छ ।
“कांग्रेसको निर्णय पार्टी र लोकतन्त्रका लागि मात्र होइन, देशकै लागि सर्वाधिक महत्त्व रहन्छ,” नेता केसीले भने, “हामीले आन्तरिक विवादमा अल्झिएर बस्न यो उपयुक्त समय होइन ।”
नेता केसीले गत भदौ २४ गतेको घटनालाई गम्भीरतापूर्वक हेर्नुपर्ने पनि बताए । उनले दृष्यमा देखिएका विषयको मात्र मूल्यांकनले नपुग्ने भन्दै यसलाई कम आँकिए देश नै गम्भीर दुर्घटनामा जाने बताए ।
उनले महाधिवेशनको विवाद गरिरहन जरुरी नभएको पनि बताए । ११औँ महाधिवेशन ४० दिनमा सम्पन्न भएको भन्दै उनले अहिलेभन्दा पनि कठिन परिस्थिति त्यसबेला रहेको स्मरण गराए ।
यस्तो छ केसीको पूरा सम्बोधन