राजनीति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंको चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरको निरीक्षण गरेका छन् । बिहीबार (कात्तिक २०) चपली पुगेर उनले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी गरिएको भण्डारीको घर निरीक्षण गर्दै क्षतिको विवरण लिएका हुन् ।
त्यसलगत्तै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । छलफलका क्रममा भण्डारीले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका बारेमा चासो व्यक्त गरेकी थिइन् ।
गृहमन्त्री अर्यालले यसअघि काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर निरीक्षण गरेका थिए । उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्