site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नियमित महाधिवेशन नगरे स्वतः विशेष महाधिवेशन हुन्छ : राजेन्द्र बजगाईं
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीको महाधिवेशन अनिवार्य भएको बताएका छन् । नियमित कि विशेष कुन महाधिवेशन गर्ने भन्ने मात्र प्रश्न रहेको उनको भनाइ छ ।

"नेपाली कांग्रेसमा महाधिवेशन अनिवार्य छ । कुन महाधिवेशन गर्ने भन्ने प्रश्न छ," मंगलबार (कात्तिक १८ गते) थापागाउँमा महाधिवेशनको सन्दर्भमा आयोजित भेलामा बजगाईंले भने, "यसको हल दुई महामन्त्री (गगन थापा र विश्वप्रकाश शर्मा) र डा. शेखर कोइरालाले निकाल्नुपर्छ ।"

उनले नियमित महाधिवेशन नगरे स्वतः विशेष महाधिवेशन हुने पनि बताए । "नियमित महाधिवेशन नगरे स्वत: विशेष महाधिवेशन हुन्छ । संस्थापन पक्ष के गर्छ उसले जानोस् । तीन नेता (कोइराला, थापा र शर्मा) बसेर साझा धारणा सार्वजनिक गर्नुहोस्," बजगाईंले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्