site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आजै महाधिवेशनको मिति घोषणा नभए धर्ना गर्छौं, अनशन बस्छौँ : वीरेन्द्र सिंह

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश समितिका उपसभापति वीरेन्द्र सिंहले पार्टीको महाधिवेशनको मिति आजै घोषणा गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति घोषणा नगरिए अनशन बस्ने उनको चेतावनी छ ।

“केन्द्रीय नेतृत्वलाई भन्छु– तपाईं जुन प्रतिनिधिको भोटले त्यहाँ हुनुहुन्छ उसले नयाँ नेतृत्व खोजिसक्यो,” मंगलबार (कात्तिक १८) काठमाडौंको थापागाउँमा आयोजित विशेष भेलामा सिंहले भने, “आजै महाधिवेशनको घोषणा होस् । घोषणा भएन भने धर्ना गर्छौं, अनशन बस्छौँ ।”

जनताले सुधारिएको कांग्रेस खोजेको उनले बताए । त्यसनिम्ति प्रतिनिधिसभा सदस्य निर्वाचनअघि महाधिवेशन अनिवार्य भएकामा उनले जोड दिए ।

“जनताले सुध्रिएको कांग्रेस खोजेको छ । देशको परिस्थिति सुधार्ने र सम्हाल्ने कांग्रेस चाहिएको छ,” उनले भने, “त्यसका लागि चुनावअघि महाधिवेशन अनिवार्य छ ।”

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्