site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस नेत्री जोन्छेँको निधन

भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको उपचारका क्रममा मध्यपुर अस्पतालमा मंगलबार (कात्तिक १८) बिहान निधन भएको हो । उनी क्यान्सरपीडित थिइन् ।

नेत्री जोन्छेँको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आजै भक्तपुरको हनुमानघाटमा उनको अन्त्येष्टि गरिनेछ । उनका तीन छोरा छन् । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्