राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्तालाई पार्टीमा आउन ढोका खुला भएको बताएका छन् ।
सोमबार (कात्तिक १७) काठमाडौंमा सञ्चारकर्मीसँग उनले त्यसका निम्ति पार्टीको नीति र नेतृत्वमा सहमत हुनुपर्ने सर्त तेर्स्याए ।
“नीति र नेतृत्वको प्रश्नमा सहमत भएर आउनुस् । बहस, विवाद गर्न आउने कुरामा पार्टीको सहमति हुन सक्दैन । ती दुइटा प्रश्नमा सहमत जो कसैका लागि एमालेको ढोका खुला छ,” उनले भने ।
पोखरेलले ‘घरका सन्तान’ फर्कन अनुमति लिनु नपर्ने बताए ।
एकीकृत समाजवादीका नेताहरू लामो समयदेखि एमालेसँग छलफलमा नै रहेको उनले बताए ।
एकीकृत समाजावदीका जनप्रतिनिधिको हकमा भने कानुनी अप्ठ्यारो रहेको उनले उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १४:३९
प्रतिक्रिया दिनुहोस्