site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंमा कांग्रेस संस्थापन पक्षधर नेताको भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षधर नेता छुट्टै भेला भएका छन् । सोमबार (कात्तिक १७) मध्याह्न काठमाडौंस्थित एक होटेलमा उनीहरू भेला भएका हुन् । भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य सहभागी छन् ।

कांग्रेसमा १४औँ महाधिवेशनका ५४ प्रतिशत सदस्यले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । संस्थापन पक्षधर नेताले भने आउँदो वैशाखतिर मात्र महाधिवेशन गर्नुपर्ने र हाल निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।

तर, हस्ताक्षरकर्ताले नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङलगायत नेता सहभागी छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्