site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा भागदौड : १२ जनाको मृत्यु, मन्दिर मालिकमाथि हत्याको मुद्दा

काठमाडौं । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाअन्तर्गत पलासा मण्डलको काशीबुग्गास्थित वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार भएको भागदौडमा परी कम्तीमा १२ जनाको मृत्यु भएको सीबीएस न्युजले जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार, यो दुर्घटना मन्दिर चढ्ने सिँढीनजिकै रहेको फलामको ग्रील खसेपछि भएको हो । ग्रील खसेको आवाजले मानिस केही खस्दै छ भन्ने डरले आत्तिएपछि यो घटना भएको थियो ।

श्रीकाकुलमका प्रहरी उपरीक्षक केवी महेश्वर रेड्डीले श्रद्धालुको मृत्युको कारण बनेको लापरबाहीका निम्ति मन्दिरका मालिक हरिमुकुन्द पाण्डाविरुद्ध हत्यासहित विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्