site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्माको शैली राम्रो भएन : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताएका छन् । शनिबार (कात्तिक १५) पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन् ।

एकताका विषयमा नेता जनार्दन शर्माको असहमति भए पनि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सबै कुरा मिल्ने उनले जिकिर गरे । बैठक सहज रूपमा सुरु हुँदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैली राम्रो नभएको प्रचण्डले बताए ।

उनले पार्टी नेतृत्वविरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्