site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वमन्त्री आलम आईसीयूमा
आफ्ताब आलम । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलासिसमा छन् ।

उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । केही समय उनले वन तथा वातावरण र श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । रासस
 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्