site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख नेताहरूले अवकाश लिए मात्रै बृहत् एकताको आधार बन्नसक्छ : अर्याल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्युरो सदस्य दामोदर अर्यालले वामपन्थी पार्टीका प्रमुख नेताहरूले अवकाश लिएमात्रै बृहत् एकताको आधार बन्न सक्ने बताएका छन् । 

जारी बैठकमा केन्द्रीय कमिटी बैठकमा उनले पार्टीहरूको शुद्धीकरण र पुनर्गठनबिना गरिने एकताले जनमत आकर्षित गर्न नसक्ने बताए । “नेपालमा क्रियाशील सबै बाम पार्टीका प्रमुख नेताहरूले अवकाश लिने हो भने बृहत् बाम एकताको आधार बन्नसक्छ,” उनले बैठकमा भने, “शुद्धीकरण र पुनर्गठनबिना कुनै एउटा पार्टीसँग मात्र गरिने एकताले वाम जनमतलाई आकर्षित गर्न सक्दैन ।” 

पार्टी प्रचारविभाग उपप्रमुख समेत रहेका अर्यालले जारी बैठक अन्तिम नहुने बताए । विद्रोहको झन्डा अन्तिम समयसम्म उठाउने भनाइ उनको छ । केन्द्रीय कमिटी बैठकमा माओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा धारणा राख्ने क्रम जारी छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्