site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुनको चेतावनी– २४८८ महाधिवेशन प्रतिनिधिलाई अवमूल्यन गरे पार्टीलाई ठूलो क्षति हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउँदा पार्टी फुट्छ भन्ने अधिकार कसैलाई नभएको बताएका छन् । 

उनले जेनजी आन्दोलनपछिको फरक परिस्थितिमा समयानुकूल नीति र नेतृत्व लिएर चुनावमा भाग लिनु उपयुक्त हुने भन्दै त्यस्तो नगरे पार्टीलाई ठूलो क्षति हुने चेतावनी दिए । 

“जेनजी आन्दोलनपछिको परिस्थितिमा समयानुकूल नीति र नेतृत्व भयो भने हामी निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्छौँ,” पुनले भने, “केन्द्रीय समितिको बहुमतको आडमा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अवमूल्यन गरियो भने पार्टीलाई ठूलो क्षति हुनेछ ।”

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्