site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकताबारे झलनाथ– एमालेसँगको विद्रोह जायज थियो भन्ने पुष्टि हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सँगको एकताको विपक्षमा उभिएका छन् ।

सुकेधारामा जारी केन्द्रीय कमिटीको बैठकमा खनालले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने दोहोर्‍याए ।

“अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन,” खनालले बैठकमा भने ।

उनले जनयुद्धकालमा मृत्यु भएकाहरूको जिम्मा लिन नसकिने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एकीकृत समाजवादी र माओवादीबीचको एकताका विषयमा झलनाथ र महासचिव भुसाल विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्