site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संस्थापनको बैठक : पार्टीलाई महाधिवेशनभन्दा चुनावतर्फ केन्द्रित गर्ने निष्कर्ष
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग छुट्टै बैठक गरेका छन् । केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरूसँग ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् । 

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिब ७५ जना सहभागी थिए । उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा आगामी फागुन २१ मा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्नेसम्मको तयारी इतरपक्षको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्