काठमाडौं । चलचित्र ‘जारी–२’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले कात्तिक २१ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेम, तातो रिसले बिगारेको घरबार र बिग्रिएको घरबार जोड्नका लागि गरिएको प्रयास र प्रतिक्षा छ । लिम्बू संस्कार र संस्कृतिमा विवाह कसरी हुन्छ र टुट्न लागेको घरबार बचाउन के–के गरिन्छ ट्रेलरमा देखाइएको छ । यद्यपि, टुट्ने चरणमा रहेको घरबार जोडिन्छ कि जोडिदैन प्रष्ट पारिएको छैन ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, अनील सुब्बा, विजय बराल, बुद्धि तामाङलगायत कलाकारलाई देख्न सकिन्छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् ।
दयाहाङ, मिरुना, विजय, बुद्धि र अनीलसँगै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।