site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तान–अफगानिस्तानबीच दोस्रो चरणको वार्ता आज टर्कीमा
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच पहिरो चरणको वार्ताको दृश्य । तस्बिर : एजेन्सी ।

काठमाडौं । पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच शनिबार टर्कीको इस्तानबुलमा दोस्रो चरणको वार्ता हुँदै छ । दुई देशबीच सीमा तनाव र अफगान भूमिबाट हुने आतंकवादी गतिविधि रोक्न टर्कीको मध्यस्थतामा बैठक आयोजना गरिएको हो ।

यही अक्टोबर १९ मा दुई देशबीच पहिलो चरणको वार्ता कतारको दोहामा भएको थियो । त्यसपछि सीमामा अस्थायी शान्ति पुनर्स्थापना भएको थियो । उक्त बैठकमा दुवै पक्षबाट अक्टोबर २५ मा इस्तानबुलमा वार्ता गर्ने सहमति जनाइएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले भने, “पाकिस्तान एक जिम्मेवार देश हो र क्षेत्रीय शान्ति तथा स्थिरता चाहन्छ । हाम्रो उद्देश्य तनाव बढाउनु होइन ।”

उनले विशेष गरी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) र बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)जस्ता आतंकवादी संगठनविरुद्ध ठोस कारबाही गर्न अफगान तालिबान प्रशासनलाई आग्रह गरे ।

सन् २०२१ अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि पाकिस्तानमा आतंकवादी हमलाको नयाँ लहर सुरु भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्