site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको सचिवालयले भन्यो– पार्टी एकताबारे टुंगो लागिसकेको छैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायत विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौँ ।”

सचिवालयले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताबमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच एकता तथा संयुक्त मोर्चा निर्माणका लागि छलफल जारी रहेको जनाएको छ ।

सचिवालयले भनेको छ, “यद्यपि, कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन, विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।” रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्