site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मन बिनाको धन’को टिजर सार्वजनिक

काठमाडौं  । तिहारको भाइटीकाको अवसर पारेर  अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को टिजर सार्वजनिक गरिएको छ । 

सार्वजनिक टिजरमा रुँदै गरेका अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केही अंश प्रस्तुत गरिएको छ । 

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’को अहिले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । 

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई  टंक बुढाथोकी आफँैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । 

चलचित्रमा  अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्