site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न– म प्रधानमन्त्री थिएँ, देउवा चाहिँ किन कुटिनुभयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवामाथि कुटपिट गर्नेलाई प्रश्न गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलमा उनले आफू प्रधानमन्त्री रहेका बेला देउवामाथि कुटपिट गर्नुको औचित्यबारे प्रश्न गरेका हुन् ।

“म प्रधानमन्त्री थिएँ, शेरबहादुर देउवा किन कुटिनुभयो ? ८० वर्षको मान्छे कुटिनु शोभनीय कुरा हो ?,” ओलीले भने, “त्यत्रो उमेरको व्यक्तिमाथि खुकुरी प्रहार गर्नेहरू यही समाजको सभ्यता सिकेकाहरू हुन् ?”

उनले देउवाले कार्यवाहक दिएको विषय जोडेर आफूमाथि प्रश्न गर्नेहरूलाई पनि प्रतिप्रश्न गरे ।

“शेरबहादुर देउवाले कार्यवाहक दिनुभयो । उहाँ उपचारका लागि जानुभयो त कार्यवाहक दिनुहुन्न ? म कहीँ जाने भए भने नदिएर जान्छु होला ?,” ओलीले प्रतिप्रश्न गरे, “म यहीँ छु भने किन दिने कार्यवाहक ?”

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्