काठमाडौं । नेकपा (एमाले)का सचिवालय सदस्य योगेश भट्टराईले तत्काल पार्टीको कार्यवाहक तोकिनुपर्ने बताएका छन् । जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा भट्टराईले तत्काल पार्टीका वरिष्ठतम् नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका हुन् ।
"उक्त नेतृत्वको वरिपरि पार्टीलाई गोलबन्द र एकताबद्ध गर्ने । दोस्रो, पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने । अध्यक्ष कमरेडले महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने । यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छोडीदिने," उनले भनेका छन् ।
भट्टराईले मुख्य कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षका उमेरहद हटाइएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले आगामी महाधिवेशनबाट दुई कार्यकालको प्रावधानलाई पुनर्स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने पनि बताएका छन् । पार्टी र आन्दोलन गम्भीर संकटमा रहेका बेला पार्टीभित्र असाधरण एकताको जरुरी रहेको उनको भनाइ छ ।
"हिजोको अवस्थामा पूर्वराष्ट्रपति एवं हाम्रो पार्टीका पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारी सदस्यता जे सुकै कारणले रोकिए पनि यो निर्णय परिवर्तन गरी पार्टीमा उहाँलाई सम्माजनक हैसियतमा राखेर उहाँको अनुभव र भूमिकामार्फत पार्टीलाई थप सृदढ र एकताबद्ध बनाउन हामी सबै एकमत हुनुपर्दछ," उनले भनेका छन् ।
बैठकमा उनले के भने ?