site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्ने भएकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो साढे २ बजे छलफलका लागि विदेशी कूटनीतिज्ञहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेशी कूटनीतिज्ञहरूसँग आज प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, जेनजीका माग, फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र पुनर्निर्माण लगायतका विषयमा छलफल गर्नेछिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्