काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यले धारणा राख्न थालेका छन् ।
आज १५० जना केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । ललितपुरको जावालाखेलस्थित रामबाघ महलमा तीन दिनदेखि बैठक जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यले आआफ्नो धारणा राखिरहेका छन् ।
आफ्ना धारण राख्न हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बोल्नका निम्ति केन्द्रीय सदस्यलाई वर्णानुक्रमानुसार उल्टोतिर (ज्ञ)बाट पालो मिलाइएको छ ।
बैठकको सुरुमा (बुधबार) ओलीले आउँदो मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
केन्द्रीय सदस्यपछि पदाधिकारीले आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले जवाफ दिने तयारी छ । बैठक आज सक्ने तयारी छ ।