काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दशौँ बैठक आज (असोज ३०) पनि जारी छ । बुधबार (असोज २९)देखि बैठक ललितपुरको जावालाखेलस्थित रामबाघ महलमा बसेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यले बोलिरहेका छन् । आफ्ना धारण राख्न हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बुधबार ५० जनाले बोलेका पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बोल्नका निम्ति केन्द्रीय सदस्यलाई वर्णानुक्रमानुसार उल्टोतिर (ज्ञ)बाट पालो मिलाइएको छ ।
बुधबार ओलीले आउँदो मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । केन्द्रीय सदस्यपछि पदाधिकारीले आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले जवाफ दिने तयारी छ ।