site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारबाट ललितपुरको भनिमण्डलको रामबाघ महलमा सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । 

बैठक बिहान ८ बजेबाट सुरु हुनेछ । बुधबार ५० जनाले धारणा राखेका थिए । केन्द्रीय सदस्यलाई बोल्नका लागि बैठकमा तीन मिनेटको समय दिइएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने मत राखेका छन् । बैठकमा पार्टी चुनावबाट भाग्न नहुने मत केन्द्रीय सदस्यहरूको छ ।  

अध्यक्ष केपी शर्मा ओलीले राखेको विशेष प्रस्तावमा संसद् विघटनप्रति आपत्ति जनाउँदै पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने उल्लेख छ । तर, अधिकांश केन्द्रीय सदस्यको राय ओलीको प्रस्तावको विपरीत छ । 

बैठकको एजेन्डाको रूपमा पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणसम्बन्धी विषय राखिएको छैन । तर, बैठकमा भण्डारीको सदस्यता रोक्ने निर्णय उल्ट्याउनुपर्ने माग गरिएको छ । 

अध्यक्ष ओलीको प्रस्तावमा पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७–२९ गतेसम्म पोखरामा गर्ने उल्लेख छ । बैठकको सुरुआतमा नै ओलीले महाधिवेशनको मिति प्रस्ताव गरेपछि नेतृत्व छोड्नुपर्ने मत कम सुनिएको नेताहरूले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्