site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखले संसद् पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । संसद् पुनर्स्थापनाका विषयमा छलफल गर्न सभामुख घिमिरेले भोलि (बुधबार) बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् ।

छलफलका लागि सभामुखले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बाेलाएका छन् । छलफलमा विघटित संसद्का प्रमुख सचेतक सहभागी हुनेछन् ।

स्रोतका अनुसार, सभामुखले दलहरूसँग संसद् विघटन, संसद् पुनर्स्थापनासहितका विषयमा छलफल गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्