site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।

“मुख्यमन्त्रीज्यूले आज दिउँसो विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत पाउने नपाउनेमा यसै भन्न सकिन्न । अहिलेको अवस्थामा सबै दलले सरकारको समर्थन फिर्ता लिइसकेकाले यसै भन्न सकिन्न,” उनले बाह्रखरीसित भने ।

उनले मुख्यमन्त्री सिंहले पहिले नै राजीनामा दिन खोजेको जिकिर गरे । तर, राजीनामा लिने कोही नहुँदा मुख्यमन्त्री अलमलमा परेको उनको दाबी छ ।

“यसअघि, नै मुख्यमन्त्रीले राजीनामा दिन खोज्नुभएको हो । तर, राजीनामा लिने कोही नहुँदा पनि उहाँ अलमलमा पर्नुभयो । जेनजीको आन्दोलनपछि तालमेल मिलेन,” उनले भने ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । कांग्रेसले एमाले र जनमतको समर्थनमा सरकारमा दाबी पेस गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्