काठमाडौं । हमासले सोमबार रिहा गरिने २० बन्धकको नाम सार्वजनिक गरेको प्यालेस्टाइनी समाचार एजेन्सी शेहाबले जनाएको छ । ती २० मा नेपाली विद्यार्थी विपीन जोशीको नाम समावेश छैन ।
२४ वर्षीय विपीनको अवस्था अझै अनिश्चित छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपीन हमासका लडाकुले हमला गर्दा १६ अरू नेपालीसँगै अलुमिम किबुत्समा काम गरिरहेका थिए ।
समाचार एजेन्सी शेहाबका अनुसार, रिहा गरिने यी हुन् २० बन्धक–
१. बार कुपरस्टिन
२. एभियाटर डेभिड सुची
३. योसेफ–चाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोबोट
७. म्याक्सिम हेर्किन
८. निम्रोड कोहेन
९. मातान जंगाउकर
१०. डेभिड कुनियो
११. एतान हर्न
१२. मातान एन्ग्रेस्ट
१३. एतान मोर
१४. गाली बर्मन
१५. जिव बर्मन
१६. ओम्री मिरान
१७. अलोन ओहेल
१८. गाई गिल्बोआ–दलाल
१९. रोम ब्रास्लाव्स्की
२०. एरियल कोनिओ