site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कागजमा होइन, व्यवहारमा पारदर्शिता देखिनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ गतेको जेनजी आन्दोलनले उठाएका माग र जनभावनालाई सम्मान गर्दै ती मागअनुसार सुधारको स्पष्ट योजनासहित अघि बढ्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले जनतामाझ पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अनुभूति गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताए ।

“कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,” मुख्यमन्त्री कँडेलले भने ।”

प्रदेश सरकारका विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच, कार्यशैली र कार्यगत गति आवश्यक रहेको बताए । उनले हिजोका कमजोरी सुधार गर्न सुधारका उपाय खोज्नु पर्नेमा  जोड दिए । 

मुख्यमन्त्री कँडेलले सचिवहरूलाई अनावश्यक खर्च कटौती गर्न र आनावश्यक तालिम, भ्रमण, गोष्ठी तथा योजनाहरू हटाउन र फजुल खर्च रोक्न  निर्देशन दिएइ । संघ सरकारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी खर्चको प्राथमिकता तोक्न आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्