site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली विरामी भएपछि स्थगित भएको हो । 

अध्यक्षलाई रुघा लागेको भन्दै बैठक भोलि ११ बिहान बजे बस्ने गरी सारिएको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । 

एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । गुन्डुमा बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।  

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । 

बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष भने निस्किसकेको छैन । 

आज बस्ने भनिएको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने बताइएको थियो । पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ । महाधिवेशनको मिति तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ । 

एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्