site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गर्ला ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

गुन्डुमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।  

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । 

बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका छन् । के गर्ने भन्ने निष्कर्ष भने निस्कसकेको छैन । 

आजको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने ती सदस्यले जानकारी दिए । पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ । महाधिवेशनको मिति तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ । 

एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्