काठमाडौं । नेकपा (एमाले)मा विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग उठेको छ । शुक्रबार (असोज २४)को सचिवालय बैठकमा नेताहरूले भण्डारीको सदस्यतासम्बन्धी निर्णय सच्याउनुपर्ने माग राखेका हुन् ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा बादलले भण्डारीको सदस्यताको निर्णय सच्याउनुपर्ने बताएका थिए ।
एमालेमा उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टहरूले पनि भण्डारीलाई सदस्यता दिनुपर्ने धारणा राख्दै आएका छन् ।
पार्टी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय विधान महाधिवेशनले पारित गरेको थियो । उनलाई राजनीतिमा आउन रोक्न नहुने मत एमालेमा उठ्दै आएको छ ।