काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीजस्तो नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गरेका प्रचण्डले नेतृत्व छोड्न तयार हुने र 'ज्यान जाला नेतृत्व छोड्दिनँ' भन्ने उस्तै हुन नसक्ने बताए ।
“नेतृत्व छोड्न तयार हुने र ज्यान जाला तर नेतृत्व छोड्दिनँ भन्ने उस्तै हो त ? जसले राष्ट्रिय सहमतिका लागि अपिल गरेर अघि बढिरहेको छ, त्यो पनि र सहमति हुनै सक्दैन भन्ने पनि त्यस्तै हो त ?”
निर्वाचन सफल पार्नु अहिलेको आवश्यकता रहेको पनि उनको भनाइ छ ।
उनले सबै मिलेर संविधान संशोधन गरेर जेनजी युवाको माग र भावनालाई पनि सम्बोधन गर्ने गरी सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने देखिएको बताए ।