कला
काठमाडौं । चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ठूलो क्याभास देखिएको छ ।
सगरमाथासहितका दृश्यमा खिचिएको चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा छ । अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको त्रिकोणात्मक प्रेम देखिएकोे छ । अनमोलको ‘इगो’ र सगरमाथा आरोहणका क्रममा देखिने संघर्ष ट्रेलरमा देखिन्छ ।
‘इगो’कै कारण उनको सगरमाथा चढ्ने निर्णयले निम्त्याउने समस्या चलचित्रमा रहेको ट्रेलरले संकेत गरेको छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे, भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन् । सुरक्षा पन्त विशेष भूमिकामा छिन् ।
चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउनेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्