site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारी बैठक आज निरन्तर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (असोज २४) पनि बस्दै छ । बिहीबार (असोज २३)देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, पार्टीको नियमित/विशेष महाधिवेशन, संसद् पुनर्स्थापनालगायत विषयमा छलफल गरिनेछ । बैठक आज सकाउने तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा ‘जेनजी’ आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएसँगै बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । कार्यवाहक सभापति तोक्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्