site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेताकार्यकर्तालाई शंकर पोखरलले भने– सडकमा कराएर हिँड्न पर्दैन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सडकबाट नभएर वैधानिक विधिबाट पार्टीको नेतृत्व निर्माण हुने बताएका छन् । बिहीबार भक्तपुर जिल्ला कमिटीले गुन्डुमा आयोजना गरेको कार्यक्रममा उनले सडकमा कराएर नहिँड्न नेताहरूलाई निर्देशन दिए ।

“विधान महाधिवेशन सम्पन्न गरेका छौँ । महाधिवेशनको सँघारमा छौँ, कसैलाई लाग्दछ । म पार्टीमा योग्य छु भने महाधिवेशनमा उसले कार्यकर्ताको विश्वास जित्ने प्रणाली छँदै छ । सडकमा कराएर हिँड्न पर्दैन । सडकमा तमासा देखाउनुपर्दैन,” उनले भने ।

उनले आफूलाई योग्य बनाउन कार्यकर्ताको बीचमा जाने अवसर पाउने बताए । उनले संकटका बेला विभाजन नभएर एकताको खाँचो आवश्यक हुनुपर्ने पनि बताए ।

नेतृत्वको गतिशीलतामा एमालेमाथि प्रश्न उठाउने ठाउँ नभएको उनले बताए । सचिवालय बैठकले एकताको सन्देश दिने दाबी पनि उनले गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्